
काठमाडौं, १२ वैशाख । नेकपा एमालेका संसद रघुजी पन्तले प्रधानमन्त्रीको भारत भ्रमणका बारेमा संसदमा जानकारी गराउनुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद पन्तले प्रधानमन्त्रीको भारत भ्रमण निकै महत्वपूर्ण रहेको भन्दै संसद चलिरहेको अवस्थामा प्रधानमन्त्रीले भारत भ्रमणका एजेण्डाका बारेमा जानकारी गराउनुपर्ने बताएका हुन् ।
भारत भ्रमणको विषयमा सञ्चारमाध्यमबाट विभिन्न कुराहरु आएरहेका बेला प्रधानमन्त्रीले संसदलाई नछलि जानकारी गराउनुपर्ने उनको भनाइ छ । उनले संसदमा प्रधानमन्त्रीको अनुहार हेर्न र दर्शन पाउन पनि दुर्लभ भएको जिकिर गरेका छन् ।
पन्तले भारतसँग नेपालले भोग्नुपरेको समस्यामा बारेमा प्रधानमन्त्रीले स्पष्ट धारणा राख्न सक्नुपर्ने विचार उनको छ ।















प्रतिक्रिया