
पोखरा, १२ वैशाख । नेकपा एमालेले दुई महिना भन्दा बढी समयदेखि सञ्चालन गरिरहेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ अन्तर्गत गण्डकी प्रदेशस्तरीय समीक्षा बैठक कास्कीको पोखरामा सुरू भएको छ ।
पार्टीका उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख आतिथ्यता र प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा आज सुरू भएको बैठक भोलिसम्म चल्ने छ ।
दुई दिनसम्म चल्ने बैठकमा महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव पद्मा कुमारी अर्याललगायतको उपस्थिति छ ।
यस्तै, गण्डकी प्रदेशअन्तर्गत रहेका जिल्ला अध्यक्ष, अभियानका क्रममा खटिएका केन्द्रीय पदाधिकारी र केन्द्रीय प्रतिनिधिहरू पनि बैठकमा सहभागी छन् ।















प्रतिक्रिया