३ कार्तिक २०८३, मंगलबार

फ्लाई दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई काठमाडौं विमानस्थल प्रवेशमा रोक

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ वैशाख । नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुवईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशमा रोक लगाएको छ।

सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने बित्तिकै फ्लाई दुबईको जहाजमा आगो देखिएको घटनामा प्राधिकरणले कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई एयरपोर्टभित्र प्रवेशमा रोक लगाएको हो ।

उडानको क्रममा जहाजमा चरा ठोक्किएको भनी भ्रमपूर्ण सूचना फैलाएकाले कारबाही गरिएको प्राधिकरणले जानकारी दिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट १ सय ६८ यात्रु बोकेर सोमबार राति फ्लाईदुबईको जहाज कोटेश्वरतर्फबाट उड्दै गर्दा कोटेश्वरको आकाशमा विस्फोटको आवाजसँगै इन्जिनमा आगो देखिएको थियो ।