३ कार्तिक २०८३, मंगलबार

मतगणना सकिनुअघिनै चितवन-२ मा रवि लामिछाने विजयी

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ वैशाख । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने विजयी भएका छन् ।

मतगणना सकिनुअघि नै लामिछाने विजयी भएका हुन् । यो समाचार तयार पार्दासम्म लामिछानेले ५० हजार ७९ मत पाएका छन् ।

दोस्रो स्थानमा रहेका नेपाली काँग्रेसका जितनारायण श्रेष्ठले ९ हजार १ सय ६५ मत पाएका छन् भने तेस्रो स्थानमा रहेका नेकपा एमालेका रामप्रसाद न्यौपानेले ८ हजार ८ सय ७७ मत पाएका छन् ।

कुल ७८ हजार २७७ मत खसेकोमा अब करिब दश हजार मात्रै मत गन्न बाँकी छ । जबकी लामिछाने र श्रेष्ठबीचको मतान्तर नै झण्डै ४१ हजारको छ ।