२९ आश्विन २०८३, बिहिबार

फ्लाई दुबईका प्रवक्ता भन्छन्– जहाज उड्ने बेला चरा ठोक्किएको थियो, दुबईमै अवतरण हुन्छ

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । फ्लाई दुबईले आफ्नो जहाज उड्ने बेलामै चरा ठोक्किएको बताएको छ ।

‘गभरमेन्ट अफ दुबई मिडिया अफिस’ ले भर्खरै जारी गरेको सूचनामा फ्लाइ दुबईको ५७६ एफजेडलाई उडान भर्ने क्रममा चराले ठक्कर दिएको उल्लेख गरेको छ ।

यद्यपि जहाज सुरक्षित रहेको दुवईका लागि निरन्तर उडिरहेको बताएको छ ।

दुवबई इन्टरनेशनल एयरपोर्टमा सुरक्षित अवतरणका लागि सबै उपाय अपनाएर तयारी अवस्थामा रहेको पनि बताइएको छ । जहाज स्थानीय समय अनुसार १२ बजेर १४ मिनेटमा दुबई इन्टरनेशनल एयरपोर्टमा अवतरण गर्ने छ ।