३ कार्तिक २०८३, मंगलबार

तनहुँ-१: दश हजार मतान्तरले अगाडि स्वर्णिम

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । तनहुँ निर्वाचन क्षेत्र नम्बर-१ को मतगणना जारी छ ।

मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवा स्वर्णिम वाग्लेले फराकिलो मतान्तर कायमै राखेका छन् ।

उनले निकटतम प्रतिस्पर्धीभन्दा दश हजार बढी मतान्तर बनाएका छन् । पछिल्लो परिणामअनुसार वाग्लेले २४ हजार ४ सय ६ मत पाएका छन् ।

उनलाई पछ्याइरहेका नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १४ हजार १ सय ८२ मत ल्याएका छन् । यस्तै तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ७ हजार २६ मत पाएका छन् ।