२९ आश्विन २०८३, बिहिबार

मिसन ग्रासरुटअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय समीक्षा बैठक सम्पन्न

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, ११ वैशाख । नेकपा एमालेको संगठन सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ अन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय समीक्षा बैठक आज सम्पन्न भएको छ ।

समीक्षा बैठकमा प्रदेशका नौ वटै जिल्लाका अध्यक्ष र ८८ वटै स्थानीय तहमा खटिनुभएका केन्द्रीय प्रतिनिधिहरुले प्रतिवेदन प्रस्तुत गरे ।

जिल्ला अध्यक्ष र केन्द्रीय प्रतिनिधिहरुबाट प्रतिवेदन पेश भएपछि प्रदेशको मिसन ग्रासरुट कार्यक्रमका अनुगमनकर्ता स्थायी समिति सदस्यद्वय बिन्दा पाण्डे र कर्ण थापाले अनुगमन प्रतिवेदन पेश गरेका थिए ।

पार्टीका उपाध्यक्ष विष्णु पौडेलको प्रमुख आतिथ्यता र प्रदेश कमिटीका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा भएको समीक्षा बैठकमा महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव लेखराज भट्ट लगायतका नेताहरु सहभागी थिए ।