
काठमाडौं, ११ वैशाख । नेपाली काँग्रेसको गढ मानिएको तनहुँको व्यास नगरपालिका वडा नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले वर्चस्व कायम गर्न सफल भएको छ ।
आइतबार भएको उपनिर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले व्यास १ मा १९ सय १७ मत पाएका छन् ।
यस्तै, नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईले गढमै ८ सय ५० मत मात्रै पाएका छन् ।
यस्तै तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले १ सय २६ मत मात्रै पाए ।















प्रतिक्रिया