
काठमाडौं, ११ वैशाख । बारा २ मा जारी मतगणनामा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाह र जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवबीच कडा टक्कर देखिएको छ ।
सुरूवातमा अगाडि रहेका उपेन्द्र यादवलाई पछाडि पारेर अगाडि लागेका जनमत पार्टीका कुशवाहले आफ्नो अग्रता कायमै राखेका छन् ।
पछिल्लो परिणामअनुसार कुशवाहले ११ सय ४६ मतका साथ अग्रता बनाइरहेका छन् । उनलाई जसपाका यादवले ११ सय १७ मतका साथ पछ्याइरहेका छन् ।
यस्तै नेकपा एमालेका उम्मेवार पुरूषोतम पौडेल तेस्रो स्थानमा रहेका छन् । पौडेलले ५ सय ३८ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेल चौथो स्थानमा रहेका छन् ।
मतगणना जारी छ ।















प्रतिक्रिया