३ कार्तिक २०८३, मंगलबार

चितवन-२: अगाडि लागे रवि लामिछाने

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । चितवन क्षेत्र नम्बर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने अगाडि लागेका छन् ।

प्रारम्भिक मतगणनामा अगाडि रहेका नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेलाई पछाडि पार्दै लामिछाने अगाडि लागेका हुन् ।

साढे ३ बजेका अपडेटअनुसार इच्छाकामना गाउँपालिकाका १ र ३ वडाको २४८४ मत गणना हुँदा लामिछानेले ११५५ मत पाएका छन्।

यस्तै, दोस्रो स्थानमा झरेका नेकपा एमालेका न्यौपानेले ६५५ मत पाएका छन् । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएका छन्।