
काठमाडौं, ११ वैशाख । तनहुँ-१ को मतगणना जारी छ ।
मतगणनाको पछिल्लो अपडेटअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले १२ हजार मत नजिक पुगेका छन् ।
हालसम्म उनले ११ हजार ८ सय ४५ मत पाएका छन् । यस्तै, उनलाई नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईले पछ्याइरहेका छन् । उनले ७ हजार ५९ मत पाएका छन् ।
यस्तै तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ४ हजार ३३ मत पाएका छन् ।















प्रतिक्रिया