
काठमाडौं, ११ वैशाख । तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले आफ्नो अग्रता कायमै राखेका छन् ।
१६ वटा वडाको २२ हजार ३५८ मतगणना हुँदा वाग्लेले बिहान साढे ११ बजेसम्म ११ हजार ४२८ मत ल्याएका छन् ।
उनलाई नेपाली काँग्रेसका उम्मेदवार गोविन्द्र भट्टराईले पछ्याइरहेका छन् । भट्टराईले ६ हजार ४६५ मत प्राप्त गरेका छन्।
यस्तै तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ३ हजार ७ सय ४८ मत ल्याएका छन्।















प्रतिक्रिया