
कलैया, ११ वैशाख । प्रतिनिधि सभा सदस्यका लागि आइतबार उपनिर्वाचन भएको बारा क्षेत्र नम्बर २ को मतगणना आज सोमबार बिहान ११ बजेबाट हुने भएको छ ।
मतगणना गर्ने बारे बसेको सर्वदलीय बैठकले बिहान ११ बजेबाट मतगणना गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।
‘सर्वदलीय बैठक भर्खरै सकियो । अब खाना खाएर बिहान ११ बजेबाट मतगणना सुरु गर्ने निर्णय भाछ ।’ सापकोटाले भने ।
मतगणना शिक्षा तालिम केन्द्र कलैयामा हुनेछ । मतपेटिकाहरू गएरातिनै मतगणना स्थल ल्याइसकेको छ ।
बारा २ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।












प्रतिक्रिया