
काठमाडौं, ११ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा कोलकोता नाइटराइडर्सलाई ४९ रनले पराजित गर्दै चेन्नई सुपर किंग्स शीर्ष स्थानमा उक्लिएको छ ।
चेन्नईले दिएको २३६ रनको विशाल लक्ष्य पछाएको कोलकोताले २० ओभरमा ८ विकेट गुमाउँदै १८६ रन बनायो ।
कोलकोताका लागि जासन रोयले सर्वाधिक ६१ रन बनाए भने रिंकु सिंहले अविजित ५३ रन बनाएका थिए । कप्तान नितिश रानाले २७ र वेंकटेस अय्यरले २० रन बनाए ।
चेन्नईका बलर तुषार देशपाण्डेय र महीश थीकशानाले २/२ विकेट लिएका थिए भने आकाश सिंह, मोइन अली, रविन्द्र जडेजा र मथीशा पाथीरानाले एक एक विकेट लिएका थिए ।
टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउँदै २३५ रन बनाएको थियो । चेन्नईका लागि आजिख्य रहानेले २९ बलमा अविजित ७१ रन बनाएका थिए । त्यस्तै डेभोन कोनवेले ५६ रन बनाए भने शिभम दुवेले २१ बलमा ५० रन बनाएका थिए । रुतुराज गायकवाडले ३५ रन बनाए भने रविन्द्र जडेजाले १८ र कप्तान महेन्द्र सिंह धोनीले अविजित २ रन बनाए ।
त्यस्तै कोलकोताका बलर कुलवन्त खेज्रोलियाले २ विकेट लिए भने वरुण चक्रवर्ती र सुयाश शर्माले एक एक विकेट लिएका थिए ।















प्रतिक्रिया