
काठमाडौं, ११ वैशाख । आइतबार उपनिर्वाचन भएको तनहुँ क्षेत्र नम्बर १ को मतगणना गएराति देखि जारी रहेको छ ।
सोमबार बिहान ५ बजेसम्म करिब ५ हजार मतगणना हुँदा रास्वपाका उम्मेवार डा. स्वर्णिम वाग्लेले अग्रता बढाएका छन् ।
यहाँको भानु नगरपालिका वडा नम्बर १० र आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ को मतगणना सकिदाँ वाग्लेले २ हजार ७६७ मतसहित अग्रता बढाएका हुन् ।
उनका निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १ हजार २८५ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र खनालले ८ सय २० मत प्राप्त गरेका छन् ।












प्रतिक्रिया