
काठमाडौं, १० वैशाख । चितवन निर्वाचन क्षेत्र नं. २ मा भएको उपनिर्वाचनको मतगणाना गर्न कांग्रेसले नदिने भएको छ ।
मतपेटिकाहरू मतगणना स्थल ल्याइएको भए पनि कांग्रेसको अवरोधका कारण तत्काल मतगणना नहुने भएको छ ।
कांग्रेसले आफूले दायर गरेको उजुरीमा छानबिन नभएसम्म मत गणना हुन नदिने जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी र प्रमुख जिल्ला अधिकारीविरुद्ध दिएको उजुरीको कारबाही टुंगो नलगाएसम्म मतगणना हुन नदिने कांग्रेसको अडान छ ।
कांग्रेसले आचारसंहिता उल्लंघनमा रवि लामिछाने र चितवनका सीडीओलाई कारबाही गर्न उजुरी दिएको छ ।















प्रतिक्रिया