२९ आश्विन २०८३, बिहिबार

सनराइज बैंक र भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटलबीच छुट सम्झौता

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाख । सनराइज बैंक र भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटलबीच छुट सम्झौता भएको छ ।

बैंकले आफ्ना सम्पूर्ण ग्राहकमाझ अझै उच्चस्तरीय सुविधा दिने क्रममा भारतस्थित इन्द्रप्रस्थ अपोलो हस्पिटलसँग सम्झौता गरेको हो ।

सम्झौता अनुसार अब सनराइज बैंकका सम्पूर्ण ग्राहक वर्गले आफ्नो तथा आफ्ना परिवारका सदस्यहरुको उपचारको क्रममा अपोलो हस्पिटल, भारतबाट प्राप्त हुने विभिन्न सेवा सुविधाहरुमा अधिकतम १०% सम्म छुट प्राप्त गर्न सक्ने छन् ।

सो सम्बन्धी सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक रविन कुमार नेपाल र हस्पिटलका तर्फबाट अन्तर्राष्ट्रिय मार्केटिङका महाप्रबन्धक अजय भारद्वाजले आइतबार हस्ताक्षर गरेका छन् ।

इन्द्रप्रस्थ अपोलो हस्पिटल भारतस्थित एक प्रतिष्ठित अस्प्ताल हो जसले विभिन्न १४० देशका ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

सम्झौता अनुसार सनराइज बैंकका सम्पूर्ण ग्राहकले सनराइज बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा साधारण परीक्षणदेखि भर्ना खर्चसम्ममा १०% सम्म छुटका साथै सम्पूर्ण मेडिकल अपोइन्ट्मेन्ट्हरुको समन्वय, विमानस्थलमा ल्याउने–पुर्‍याउनेलगायत अन्य सेवा तथा सुविधाहरुमा अपोलो हस्पिटलअन्तर्गत भारतभरी रहेका ७३ वटै अस्पतालमा यो विशेष छुट प्राप्त गर्न सकिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो योजनाले बैंकका ग्राहकलाई लाभान्वित बनाउने आशा लिएको लिनाका साथै विष्यमा थप सेवा सुविधा ग्राहकमाझ ल्याउने प्रतिबद्धता बैंकले बताएको छ ।

भारतमा उपचारका लागि जाने आम नेपालीका लागि लक्षित गरेर सनराइज बैंकले छुट्टै हेल्थकेयर कार्ड पनि सञ्चालनमा ल्याइसकेको बैंकले जनाएको छ । अपोलोलगायत विभिन्न भारतीय अस्पतालमा उपचार गर्दा लाग्ने खर्च समेत सनराइज स्वास्थ्य योजनाअन्तर्गत सोधभर्ना लिन सकिने पनि बैंकले जनाएको छ ।