
काठमाडौं, १० वैशाख । नायिका एवम् समाजसेवी एलिजा गौतमले १० जना गरिब, असहाय तथा जेहेन्दार विद्यार्थीहरुलाई कक्षा १ देखि एसईईसम्म पूर्ण छात्रावृत्ति प्रदान गर्ने भएकी छिन् ।
उनले सुकेधारामा रहेको आफूले पढेको विद्यालय सेन्ट देविस ईंगलिस स्कूलका १० जना विद्यार्थीलाई पूर्ण छात्रावृत्ति दिने भएकी हुन् ।
आज आइतबार विद्यालयमा आयोजित एक समारोहकाबीच उनले विद्यालय व्यवस्थापन टीमसँग उक्त सम्झौता गरेकी हुन् । शिक्षा क्षेत्रमा योगदान पुर्याउने आफ्नो बाल्यकालदेखिकै चाहना भएको उल्लेख गर्दै उनले आज उक्त चाहना पूरा भएकोमा खुशी व्यक्त गरेकी छिन् ।
उनले एलिजा फाउण्डेशनमार्फत सो छात्रवृत्ति उपलब्ध गराउन लागेकी हुन् । गौतम चर्चित पत्रकार ऋषि धमलाकी पत्नी हुन् ।
















प्रतिक्रिया