२९ आश्विन २०८३, बिहिबार

मिसन ग्रासरुट अभियान : सुदूरपश्चिम प्रदेशमा समीक्षा बैठक सुरू

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, १० वैशाख । नेकपा एमालेको संगठन सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’अन्तर्गत आजदेखि सुदूरपश्चिम प्रदेशस्तरीय समीक्षा बैठक कैलालीको धनगढीमा सुरू भएको छ ।

पार्टीका उपाध्यक्ष विष्णु पौडेलको प्रमुख आतिथ्यतामा सुरू भएको समीक्षा बैठकमा महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्यद्वय बिन्दा पाण्डे र कर्ण थापालगायत नेताहरु सहभागी छन् ।

बैठकमा सूदरपश्चिम प्रदेशका जिल्लाहरूमा खटिएका मिसन ग्रासरुटका केन्द्रीय प्रतिनिधि तथा जिल्ला अध्यक्षहरुले रिपोर्टिङ गरेका छन् । जिल्लाको रिपोर्टिङ सकिएपछि शीर्ष नेताहरुले बैठकमा सम्बोधन गर्ने तयारी छ ।