२९ आश्विन २०८३, बिहिबार

रविका समर्थकले आचारसंहिता उल्लंघन गर्दा अनेरास्ववियुका नेता आचार्यले कुटाइ खाए !

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाख । चितवन निर्वाचन क्षेत्र नं. २ मा उपनिर्वाचन चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकले निर्वाचन आचारसंहिता उल्लंघन गर्दा एक जना विद्यार्थी नेता प्रहरीबाट निर्घात कुटिएका छन् ।

भरतपुर नगरपालिका वडा नं. ११ स्थित नयाँ किरण माध्यमिक विद्यालय बुथमा नेकपा एमालेसम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का चितवन जिल्ला सह–संयोजक हरि आचार्यलगायत नेताहरूमाथि प्रहरीले कुटपिट गरेको अनेरास्ववियुले जनाएको छ ।

नयाँ किरण मावि बुथमा भएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै अनेरास्ववियुले निर्वाचन आचारसंहितालाई कडाईका साथ लागू गर्न निर्वाचन आयोगसमक्ष माग गरेको छ ।

चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनको क्रममा भरतपुर ११ स्थित नयाँ किरण मावि बुथमा भएको घटनाप्रति अनेरास्ववियुले गम्भीर आपत्ति प्रकट गर्दै मतदानका जारी रहँदै गर्दा उम्मेदवारबाट नै भएको निर्वाचन आचारसंहिताविपरीतको गतिविधिप्रति अनेरास्ववियुको ध्यानाकर्षण भएको जनाएको छ ।’

अनेरास्ववियुका अध्यक्ष समिक बडालले विज्ञप्ति जारी गर्दै आफ्ना नेतामाथि प्रशासनबाटै भएको कुटपिटको घटनाप्रति भर्त्सना गरेका छन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार हुनुभएको उक्त पार्टीका सभापति एवम् क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेका समर्थकहरुले भरतपुर ११ स्थित नयाँ किरण मावि बुथमा र्‍यालीसहित निर्वाचन आचारसंहिताविपरीत उम्मेदवारको पक्षमा नाराबाजी गर्दै मतदातालाई प्रभावित पार्ने कार्य गरेपश्चात् अनेरास्ववियु चितवन जिल्ला कमिटी सह–संयोजक हरि आचार्यलगायत स्वस्च्छ, निष्पक्ष, शान्तिपूर्ण मतदानका पक्षधरहरुले नाराबाजीसहित आएका उम्मेदवारलाई निर्वाचन आचारसंहिताका विषयमा सचेत र जानकारी गराउँदै गर्दा अनेरास्ववियु चितवन जिल्ला सह–संयोजक हरि आचार्यमाथि प्रहरी प्रशासने नै घाइते हुनेगरी कुटपिट गरेकोप्रति अनेरास्ववियु घोर भर्त्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस् विज्ञप्ति–