२९ आश्विन २०८३, बिहिबार

केही दिनभित्रै समाजवादी मोर्चा गठन गर्ने प्रचण्डको घोषणा, के भन्छन् माधव र झलनाथ ?

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाख । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनभित्रै समाजवादी मोर्चा गठन गर्ने घोषणा गरेका छन् ।

कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा नेकपा एकीकृत समाजवादीले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले समाजवादी मोर्चामार्फत नै कम्युनिष्ट ध्रुवीकरण सुरु हुने समेत बताएका हुन् ।

उनले विभिन्न कारणले यसअघि नेकपा दुर्घटना परेको उल्लेख गर्दै लाखौं कार्यकर्ता र जनताले अनुमोदन गरेको नेकपातर्फ फर्किन पहल गरिने धारणा व्यक्त गरेका छन् । मोर्चा र एकताको अभियान सुरु गरेपछि एमालेभित्रै पनि डिवेट सुरु हुने प्रचण्डको दाबी छ ।

उनले आग्रह वा पूर्वाग्रहमा नगई देशको आवश्यकतालाई दृष्टिगत गर्दै कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कम्युनिष्टबीचको एकतालाई तीव्रताका साथ अघि बढाइने बताए । उनले मुलुकमा देखिएका विभिन्न समस्या समाधानका लागि पनि विचार, नीति, सिद्धान्त, राजनीतिक कार्यदिशा समान भएका दलहरू एक भएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्वार्थका लागि हुने एकताले सार्थकता नपाउने जिकिर गरे । समाजवादी क्रान्तिको कार्यदिशा, लक्ष्य, सिद्धान्तमा वैचारिक एकता भएपछि मात्रै पार्टी एकता गर्नुपर्ने उनको जोड छ ।