२९ आश्विन २०८३, बिहिबार

दाङलाई उद्यम विकासको रुपमा चिनाउनुपर्छ : पाण्डे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ghanasyam panday

– सुधासुमन ढकाल
दाङ, १० जेठ । विश्व वन महासंघ संजालका संयोजक घनश्याम पाण्डेले दाङलाई उद्यम विकासको रुपमा चिनाउनु पर्ने बताएका छन् । यो पार्टी र त्यो पार्टी भनेर आफुलाई चिनाउनु भन्दा पनि उद्यम संचालकको नामबाट चिनाउनुपर्नेमा संयोजक पाण्डेले जोड दिएका हुन् ।

सामुदायिक वन महासंघ पुरन्धाराले हापुरेमा आयोजना गरेको वन उधम द्धारा सम्वृद्ध समाजको निर्माण विषयक अन्तर्किया कार्यक्रममा संयोजक पाण्डेले यस्तो बताएका हुन् । अहिले सम्म अधिकांश नेपालीले गरेको खेतीपाती खानकै लाग मात्र भएको भन्दै अब बेच्नका लागि पनि खेतिपाती गर्नु पर्ने उनले बताए ।

हिजो पार्टीे निर्माण र संगठन विस्तारका नाममा संगठित गरेका युवाहरुलाई अब उद्यम संचालनमा परिचालन गरेर पार्टीले आर्थिक रुपले सम्पन्न गराउने तर्फ लाग्नुपर्ने उनको भनाई थियो । प्रत्येक नेपाली सम्वृद्ध नभए सम्म देश पनि सम्वृद्ध नहुने भएकाले यस तर्फ सरकारले सोच्नु पर्ने उनले बताए ।

२०६२÷२०६३ को जनआन्दोलनमा सहभागि नहुनेलाई राजाबादी भने जस्तै अब उद्यम विकासमा सहभागी नहुनेलाई राजाबादी भन्नु पर्ने उनले तर्क गरे । दिउँसोमा तास र रातिमा भट्टीमा बसेर खेर फाल्ने समय र पैसालाई अब उद्यम विकासमा लगाउनु पर्ने संयोजक पाण्डेले बताए ।