
काठमाडौं, १० वैशाख । काठमाडौंको कलंकीस्थित एक गार्मेन्ट उद्योगमा आगलागी भएको छ ।
शुक्रबार राति साढे ११ बजे मकवानपुरका २७ वर्षीय निश्चल अग्रवालले चलाएको गार्मेन्टमा आगलागी भएको हो । आगलागीबाट एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गार्मेन्टका सवारी चालक दोलखा भीमेश्वरका भूपेन्द्र बस्नेत रहेका छन् । आगलागी भएपछि उनी बेपत्ता भएका थिए । उनको खुट्टा र शरिरको केही भाग फेला परेको बताइएको छ ।
शव परीक्षण गर्न बाँकी भएपनि गार्मेन्टमा अन्य कोही बेपत्ता नभएकाले शव बस्नेतकै भएको आँकलन गरिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया