
काठमाडौं, १० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल मै बन्ने सवारीसधान दर्ता गर्ने कानून बनाउन निर्देशन दिएका छन् ।
आइतबार बिहान नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले नेपालमा बनेका सवारी साधनलाई दर्ता दिने प्रक्रियाका लागि तत्काल कानूनको मस्यौदा बनाउन निर्देशन दिएका हुन्।
नेपालमा दर्ता हुन नसकेपछि स्वदेशमै उत्पादित यात्री मोटरसाइकल विदेश पलायन भएकोमा सरकार गम्भीर रहेको भन्दै प्रचण्डले छिटोभन्दा छिटो कानून बनाउन निर्देशन दिएका हुन् ।
नेपालमै उत्पादित यात्री मोटरसाइकले नम्बर प्लेट नपाएपछि निर्माण नै रोकिएको छ ।















प्रतिक्रिया