
काठमाडौं, १० वैशाख । जनमत पार्टीका अध्यक्ष सिके राउतले बाराका केही मतदान केन्द्रमा बुथ कव्जा भएको आरोप लगाएका छन् ।
आइतबार बारामा सञ्चारकर्मीसंग कुरा गर्दै राउतले पचरौताको बेलडारी केन्द्रमा जनता समाजवादी पार्टीका कार्यकर्ताहरुले बुथ कव्जा गरेको आरोप लगाएका हुन् ।
उनले जनमतको बुथ एजेण्टलाई भित्र छिर्न नदिएको र तीन चार दिनअघि देखि नै बुथ कव्जा भएको बताएका हुन् । प्रहरी प्रशासनलाई पटक पटक जानकारी गराउँदा पनि सुरक्षा दिन नसकेको उनको भनाइ छ ।
राउतले मतदान केन्द्रमा त्रासको वातावरण देखिएको भन्दै प्रहरीको पनि मिलोमतो देखिएको आरोप लगाएका छन् । बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो ।















प्रतिक्रिया