३ कार्तिक २०८३, मंगलबार

उम्मेदवार गोविन्द भट्टराईलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाख । तनहुँ क्षेत्र नम्बर-१ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसंहिता विपरित कार्य गरेको भन्दै आयोगले भट्टराईलाई स्पष्टीकरण सोधेको हो । मौन अवधिमा भ्वाइस मेसेज पठाएर मत मागेको भन्दै आयोगले उनलाई स्पष्टीकरण सोधेको हो ।

‘वैशाख ७ गते राति १२ बजेपछि प्रचार प्रसार निषेधको अवधि लागु भइसकेको अवस्थामा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ (ग) प्रतिकूल हुने गरी मोबाइलको भ्वाइस म्यासेजमार्फत मत माग्नु भएको भन्ने सूचना प्राप्त भएको सन्दर्भमा निजसँग सो सम्बन्धमा आचारसहिता प्रतिकूल हुने गरी मत माग्नु भएको हो होइन ? भनि २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न लगाउने भनि जिल्ला आचारसंहिता अनुगमन समितिबाट आइतवार निर्णय भएको हुँदा मुख्य निर्वाचन अधिकृतको कार्यालय (जि.स.स.) दमौली तनहुँमा आफैँ वा प्रतिनिधिमार्फत उपस्थित भइ स्पष्टीकरण पेस गर्नुहुन निर्णयानुसार अनुरोध छ,’ आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ ।