
काठमाडौं, १० वैशाख । निर्वाचन आयोगले मधेश प्रदेश मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै आयोगले यादवलाई स्पष्टीकरण सोधेको हो । उपनिर्वाचन भइरहे बेला मुख्यमन्त्री यादव पचरौता नगरपालिका क्षेत्रमा पुगेपछि आयोगले स्पष्टीकरण सोधेको हो ।
‘तपाई त्यहाँ जाँदा प्रयोग गरेको सवारी साधन र सुरक्षा ब्यवस्था सरकारी हो, होइन ? तपाईंको यो कार्यले पदको गरिमा र निर्वाचन आचार संहिता, २०७९ को दफा ५ को उलंघन हुन्छ, हुँदैन ? निर्वाचन आचारसंहिता उलंघन गरेकोमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिम कारवाही किन नगर्ने ?,’ आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ ।















प्रतिक्रिया