३ कार्तिक २०८३, मंगलबार

घट्यो सुनचाँदीको मूल्य

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाख । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९ सय रुपैयाँले घटेर १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

यसअघि, शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ४४० रुपैयाँमा कारोबार भइरहेको छ ।