
बारा, १० वैशाख । जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा-२ को जारी मतदानमा जनता समाजवादी पार्टी (जसपा)ले दुईवटा स्थानमा बुथ कब्जा गरेको आरोप लगाएका छन् ।
बिहानै गढीमाई दर्शन गरेर मतदान केन्द्रमा निस्केका राउतले जसपाले दुईवटा स्थानको बुथमा आफ्नो प्रतिनिधिलाई प्रवेश गर्न नदिएर बुथ कब्जा गरेको आशंंका व्यक्त गरेका छन् ।
राउतले सञ्चारकर्मीहरुसँग कुराकानीमा जसपाले पचरौता नगरपालिका बेलडाडी र देवताल झिटकैयाको बुथ कब्जा गरेको आरोप लगाएका हुन् ।
उनले हिजो शनिबारदेखि नै जसपाले बुथ कब्जा गर्न खोजेको भनेर प्रहरी प्रशासनलाई जानकारी दिएको तर अहिलेसम्म आफ्नो कुराको सुनवाइ नभएको गुनासो गरेका छन् ।
प्रहरी प्रशासनको मिलोमतोमा नै जसपाले बुथ कब्जा गरेको जनाउँदै राउतले सबन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।












प्रतिक्रिया