
चितवन, १० वैशाख । चितवन क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचन अन्तर्गत बिहान ७ बजेबाट मतदान जारी रहेको छ । मतदान कार्यक्रम साँझ ५ बजेसम्म जारी रहने छ ।

यहाँको सबै मतदान केन्द्रमा मतदान सुरु भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

मतदाताहरु बिहानै देखि मतदान गर्न लाइनमा बसेका छन् ।

निर्वाचनलाई भयरहित बनाउन मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।
यहाँ एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका छन् । जसमा ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी मतदाता रहेका छन् ।

यहाँको प्रतिनिधि सभा सदस्यका लागि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसहित २४ जना चुनावी मैदानमा छन् ।




















प्रतिक्रिया