
काठमाडौं, १० वैशाख । प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन अन्तर्गत आज आइतबार बिहान ७ बजेबाट साँझ ५ बजेसम्म मतदान हुँदैछ ।
तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनमा तनहुँ-१ को लागि ९ जना, चितवन-२ मा २४ जना र बारा-२ मा ३६ जना गरी ६९ जना उम्मेदवार रहेका छन् ।
तनहुँ-१ का प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति र बारा-२ का रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो ।
यता, चितवन-२ का प्रतिनिधि सभा सदस्य रवि लामिछानेको नागरिकता विवादमा सांसद पद खारेज भएपछि उपनिर्वाचन हुन लागेको हो ।
निर्वाचन आयोगले उपनिर्वाचनको लागि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारलाई दिइएको चुनाव चिन्ह सहितको नमूना मतपत्र सार्वजनिक गरेको छ ।
नमूना मतपत्रमा त्यस क्षेत्रको उम्मेदवारको संख्या अनुसार दलको चुनाव चिन्ह र स्वतन्त्रको चुनाव चिन्ह रहेको छ । मतपत्रमा दलको नाम लेखिएको हुँदैन । दलको चुनाव चिन्ह मात्र राखिएको हुन्छ । त्यसै दलको चिन्हमा मत संकेत गरेर उक्त दललाई मत दिन सकिनेछ ।
यस्तो छ आज हुने उपनिर्वाचनको नमूना मतपत्रः
तनहुँ-१ को नमूना मतपत्र

बारा-२ को नमूना मतपत्र

चितवन-२ को नमूना मतपत्र













प्रतिक्रिया