२९ आश्विन २०८३, बिहिबार

सबै पार्टीमा रहेका वामपन्थी विचारधारालाई एकतामा आउन केपी ओलीको आह्वान

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै पार्टीमा रहेका वामपन्थी विचारधारालाई एकतामा आउन आह्वान गरेका छन् ।

कम्युनिष्ट पार्टी स्थापनाको अवसरमा नेकपा एमालेले पार्टी कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा ओलीले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउनका लागि छरिएर रहेका वामपन्थी विचारधारालाई एकतामा आउन आह्वान गरेका हुन् ।

उनले यसअघि दुईतिहाई नजिक पुगेको कम्युनिष्ट शक्तिलाई केहीले सस्तो मूल्यमा बिकेर ध्वस्त बनाएको आरोप लगाए । ओलीले एमालेको उद्देश्य मुलुकको समृद्धि र विकासबाहेक अन्य केही नभएकाले सबै वामपन्थी विचारधारालाई एकताबद्ध गरेर अघि बढ्ने जिकिर गरे ।

कम्युनिष्ट आन्दोलनका ठूला गफ गर्ने र कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्न खोज्ने जमातहरुलाई पराजित गर्र्दै अघि बढ्नुपर्ने ओलीको भनाइ छ । त्यस्तै उनले अहिलेको सत्तागठबन्धनले निर्वाचन आचारसंहितको धज्जी उडाएको टिप्पणी गरे ।