३ कार्तिक २०८३, मंगलबार

तुइनबाट महाकाली नदीमा खसेर बेपत्ता भएका भण्डारीको शव फेला

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल फोटो

काठमाडौं, ९ वैशाख । दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर बेपत्ता भएका व्याँस गाउँपालिका–२ का दुम्लिङका ४५ वर्षीय सिङ्दल सिंह भण्डारी मृत फेला परेका छन् ।

शनिबार दिउँसो तुइनबाट खसेर बेपत्ता भएका भण्डारीको ५ सय मिटर तल शव फेला परेको हो ।

उनी भारत जाने क्रममा तुइनबाट खसेका प्रहरीले जानकारी दिएको छ । घटनाकाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।