२९ आश्विन २०८३, बिहिबार

कोभिड अपडेट : थप ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि, एक जनाको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन विधिबाट एक हजार १४८ जनाको स्वाब परीक्षण गर्दा ७८ जनामा सङ्क्रण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा २२४ जनाको पीसीआर परीक्षण गर्दा २० जना र ९२४ जनाको एन्टिजेन परीक्षण गर्दा ५८ जनामा संक्रमण पुष्टि भएको हो । अघिल्लो दिन १०६ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

यस्तै, पछिल्लो २४ घण्टामा ५० जना संक्रमित निको भएका छन् भने थप एक जना संक्रमतिको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३८३ जना छ । सक्रिय सङ्क्रमितमध्ये २५ जना आइसोलेसन, ७ जना आईसीयू र ३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो विवरण अनुसार कोरोना संक्रमणका कारण हालसम्म नेपालमा १२ हजार २७ जनाको मृत्यु भइसकेको छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा ६० लाख ३० हजार १९० जनाको पीसीआर र १५ लाख ६४ हजार ९५२ जनाको एन्टिजेन विधिबाट स्वाब परीक्षण गरिएको छ भने क्रमश: १० लाख २ हजार ५५७ र १ लाख ५३ हजार २६९ जनामा संक्रमण पुष्टि भएको छ ।

अद्यावधिक विवरण अनुसार नेपालमा हालसम्म ९ लाख ९० हजार १४७ जनाले संक्रमण जितेका छन् ।