२९ आश्विन २०८३, बिहिबार

नेकपा एस छाडेका मुकुन्द नेउपाने दर्जनौँ नेता–कार्यकर्ताको साथमा एमाले प्रवेश (फोटो फिचर)

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ वैशाख । अघिल्लो महिना नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) छोडेका नेता मुकुन्द नेउपाने दर्जनौँ नेता तथा कार्यकर्तासहित आज नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपाको ७५औं स्थापना दिवसको अवसरमा एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित विशेष समारोहबीच नेता नेउपाने र अन्य धेरै नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका हुन् ।

नेता नेउपानेलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फूलमाला लगाएर पार्टीमा स्वागत गरे । न्यौपानेसँगै नेकपा एसका केन्द्रीय कमिटी, सल्लाहकार कमिटी, केन्द्रीय आयोग, निकाय, प्रदेश कमिटी र जिल्ला कमिटीका गरी चार दर्जन भन्दा बढी नेताहरु एमालेमा समाहित भएका छन् ।