२९ आश्विन २०८३, बिहिबार

कोभिड–१९ संक्रमणबाट बाँकेमा एक जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके, ९ वैशाख । बाँकेको भेरी अस्पताल नेपालगञ्जमा कोभिड भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

राप्तीसोनारी गाउँपालिका–२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले जानकारी दिए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भेरी अस्पताल लगिएको थियो ।

उनलाई यही वैशाख १ गते कोभिड सङ्क्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमणबाट अघिल्लो २४ घण्टामा पनि एक जनाको मृत्यु भएको थियो । पछिल्लो विवरण अनुसार नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ हजार २७ पुगेको छ ।