२९ आश्विन २०८३, बिहिबार

५१ दिनमा उक्लियो चलचित्र ‘छक्का पञ्जा–४’

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ वैशाख । गत फागुन १९ गतेदेखि प्रदर्शनमा रहेको चलचित्र ‘छक्का पञ्जा–४’ ले काठमाडौँ उपत्यकाका एघार र मोफसलका छ हलमा एकसाथ एकाउन्न दिन पार गरेको छ ।

यो समूहको अघिल्ला चलचित्र झैँ यसलाई पनि दर्शकले माया दिएका छन् । अभिनेता, निर्माता तथा लेखक दीपकराज गिरीले दर्शकको मायाले दायित्व थपिएको बताए ।

‘हामीले चलचित्र निर्माण गरेदेखि नै एकाउन्न दिनको यात्रा तय गरिरहेका छौँ, यसले दायित्व थपेको छ, हामीले अझै मेहनती भएर दर्शक मन जित्नुपर्ने हुन्छ,’ गिरीले भने । दर्शकले सामाजिक सञ्जालसँगै विविध माध्यममार्फत ‘छक्का पञ्जा–५’ ल्याउनुपर्ने माग राखिरहेका छन् ।

चलचित्रमा दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, मेलिना जोशी, बुद्धि तामाङलगायत कलाकारले अभिनय गरेका छन् । ‘छक्का पञ्जा’ को तेस्रो शृङ्खलासम्म अभिनेत्री निरौलाले नै निर्देशन गरे पनि चौथो शृङ्खलालाई हेमराज बीसीले निर्देशन गरेका हुन् ।