३ कार्तिक २०८३, मंगलबार

एमालेका पौडेललाई समर्थन गर्ने स्वतन्त्र उम्मेदवार तेलीको घोषणा

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ वैशाख । बारा निर्वाचन क्षेत्र नम्बर-२ का प्रतिनिधिसभाको उपनिर्वाचनका स्वतन्त्र उम्मेदवार सुरज साह तेलीले नेकपा एमालेका उम्मेदवार पुरूषोतम पौडेललाई सघाउने भएका छन् ।

उनले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै पौडेललाई समर्थन गर्ने निर्णय गरेका हुन् । तेलीले विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवारी निष्कृय गरेको घोषणा गरेका छन् ।

‘‘एमालेका पुरुषोत्तम पौडेल बाराकै चिर परिचित अनुहार तथा बाराका पुरानो र जनमुखी नेता हुन । बारामा भएका विकासको पहलकर्ता समेत रहेका पुरुषोत्तमलाई प्रतिनिधिसभाको उपनिर्वाचनमा विजयी गराउन आम मतदातासँग अपिल गर्दछु,’ तेलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

पौडेल बारा क्षेत्र नम्बर २ लाई आवश्यक पर्ने नेता भएकाले आफूले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै पौडेललाई सहयोग गर्ने निर्णय गरेको तेलीले बताएका छन् ।