
कठमाडौं, ९ वैशाख । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियाका बाँकी काम तत्काल पूरा गर्नुपर्ने बताएका छन् ।
काठमाडौंमा आयोजित प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको साधारण सभालाई काठमाडौंमा सम्बोधन गर्दै श्रेष्ठले शान्ति प्रक्रिया टुंगोमा नपुर्याए समस्या बढ्ने बताएका हुन् ।
‘शान्ति प्रक्रियाका बाँकी काम अहिले हामीले हरहालतमा पूरा गर्नुपर्छ । यसलाई पूरा हुन नदिन निकै कोसिस भइरहेका छन्,’ मन्त्री श्रेष्ठले भने ।















प्रतिक्रिया