
काठमाडौं, ८ वैशाख । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमालेले सिफारिस गरेको व्यक्तिलाई नेपाली कांग्रेस र नेकपा माअोवादी केन्द्रले राष्ट्रपति बनाउन नचाहानुको कारणबारे खुलासा गरेका छन् ।
शुक्रबार आयोजित पार्टीको एक कार्यक्रममा उनले केपी ओली नेतृत्वको सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्शा जारी गरेको र तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेको रिसमा अहिले कांग्रेस र माओवादीले एमालेबाट राष्ट्रपति बनाउन नचाहेको बताएका हुन् ।
६० वर्ष भन्दा धेरै समयदेखि भारतले कब्जा गरेको भूमि केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले आफ्नो नक्शामा समेटेपछि रिसाएको भारतले कांग्रेस र माओवादीलाई प्रयोग गरेर एमालेविरुद्ध गतिविधि गरिरहेको आरोप उनले लगाएका छन् ।
भारतले एमालेका मान्छेलाई राष्ट्रपति नबनाउन कांग्रेस र माओवादीलाई निर्देशन दिएकैले बिनाकारण एमालेसहितको पाँच दलीय गठबन्धन प्रचण्डले तोडेको उपमहासचिव गुरुङकको भनाइ छ । उनले अहिलेको सरकार खन्चुवाहरूको सरकार भएको बताउँदै भ्रष्टाचार र कमिसनमा लिप्त भइरहेको चर्चा गरे ।
पदको भागवण्डामा केन्द्रित सरकारलाई जनताको पीरमर्काको वास्ता नभएको र देश आर्थिक रुपमा समस्याग्रस्त बन्दै गएको उनले बताएका छन् ।
हेर्नुहोस् भिडिओ–















प्रतिक्रिया