२९ आश्विन २०८३, बिहिबार

ओमानमाथि नेपालको सहज जित, कीर्तिमान तोडेर सन्दीपले बनाए इतिहास

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले ओमानमाथि ८४ रनको सहज जित हात पारेको छ ।

नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमानले २२६ रन मात्र बनाउन सक्यो । ४६.३ ओभरमा नवौं विकेट गुमाएको ओमानका अन्तिम ब्याट्सम्यान घाइते भएका कारण विकेट बाँकी हुँदै नेपालले ८४ रनको जित निकालेको हो ।

लगातार दोस्रो जितसँगै नेपाल सेमिफाइनदेखि एक कदम टाढा रहेको छ । नेपालको जितका लागि अलराउन्डर कुशल मल्लको कीर्तिमानी शतकको योगदान महत्वपूर्ण रह्यो । मल्लले ६४ बलमा ९ चौका र १० छक्कासहित १ सय ८ रनको विष्फोटक शतकीय इनिङ खेलेका थिए ।

नेपालका सन्दीप लामिछानेले ८ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए । करण केसीले ८.३ ओभरमा ६२ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ७ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । ललितले एक विकेट लिए ।

त्यसअघि घरेलु मैदान टियुमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय १० रन बनाएको थियो । यो नेपालले ओडिआईमा बनाएको हालसम्मकै उच्च योगफल हो । यसअघि नेपालले ओडिआईमा उच्च योगफल अघिल्लो महिना आइसिसी विश्वकप लिग २ मा पपुवा न्युगिनीविरुद्ध टियु मैदानमा २ सय ९७ रन थियो ।

कीर्तिमान तोडेर सन्दीपले बनाए इतिहास

नेपाली क्रिकेट टीमका राइट आर्म लेग ब्रेक स्पिनर सन्दीप लामिछानेले ओडीआई खेलमा  सबैभन्दा छिटो १०० विकेट लिने क्रिकेटरका रुपमा कीर्तिमान बनाएका छन् ।

टीयु क्रिकेट मैदानमा जारी नेपाल र ओमानबीचको एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा दोस्रो विकेट लिएर उनले आफ्नो व्यक्तिगत खातामा १०० विकेट जोडेका हुन् ।

उनले ४२ खेलमा १०० विकेट लिएर ओडीआई खेलमा कीर्तिमान बनाएका हुन् । यसअघि अफगानिस्तानका खेलाडी रासिद खानले ४४ खेलमा १०० विकेट बनाएर कीर्तिमान बनाएका थिए ।

उक्त कीर्तिमान आज नेपालका सन्दीप लामिछानेले तोडेका हुन् ।