
काठमाडौं, ८ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप १०६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन विधिबाट एक हजार ८८३ जनाको स्वाब परीक्षण गर्दा १०६ जनामा सङ्क्रण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ५८१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र एक हजार ३०२ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको हो । अघिल्लो दिन १०३ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
यस्तै, पछिल्लो २४ घण्टामा ४६ जना संक्रमित निको भएका छन् भने थप एक जना संक्रमतिको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ४१४ जना छ । सक्रिय सङ्क्रमितमध्ये २५ जना आइसोलेसन, ७ जना आईसीयू र ३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो विवरण अनुसार कोरोना संक्रमणका कारण हालसम्म नेपालमा १२ हजार २६ जनाको मृत्यु भइसकेको छ ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा ६० लाख २९ हजार ९६६ जनाको पीसीआर र १५ लाख ६५ हजार २८ जनाको एन्टिजेन विधिबाट स्वाब परीक्षण गरिएको छ भने क्रमश: १० लाख २ हजार ५३७ र १ लाख ५३ हजार २११ जनामा संक्रमण पुष्टि भएको छ ।















प्रतिक्रिया