
काठमाडौं, ८ वैशाख । राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिता बैशाख २८ गतेदेखि आयोजना हुने भएको छ ।
आयोजक सञ्जय मेमोरियल फाउन्डेसनले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वैशाख २८ देखि ३० गतेसम्म आयोजना हुने बताएको हो ।
प्रतियोगिता पाल्पाको रानीमहलमा आयोजना हुनेछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोग र नेपाल भलिबल संघको स्वीकृतिमा आयोजना हुने प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र आयोजक गरि ११ टीमको सहभागिता रहनेछ ।
लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टीमलाई विभिन्न समूहमा विभाजन गरेर खेलाइने छ ।
प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख, तेस्रोले ५० हजार र सान्त्वना पुरस्कार विजेताले २५ हजार पाउने छन् ।
फाउन्डेसनले गत वर्ष महिला विधालाई समावेश गरेर प्रतियोगिता आयोजना गरेको थियो । नेपालको बिच भलिबलको विकास र पाल्पाको ऐतिहासिक दरबार क्षेत्र रानीमहलको प्रबर्द्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता आयोजनाका लागि नेपाल सरकारबाट १५ लाख बजेट विनियोजन भएको आयोजकले जनाएको छ ।















प्रतिक्रिया