२९ आश्विन २०८३, बिहिबार

एसीसी प्रिमियर कप क्रिकेट : नेपालले ओमानलाई दियो ३११ रनको विशाल विजयी लक्ष्य

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले ओमानलाई ३११ रनको विशाल विजयी लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाएर ओमानलाई ३११ रनको लक्ष्य प्रस्तुत गरेको हो । यो नेपालले ओडीआईमा बनाएको हालसम्मकै उच्च योगफल हो ।

यसअघि नेपालले ओडिआईमा उच्च योगफल अघिल्लो महिना आईसीसी विश्वकप लिग २ मा पपुवा न्युगिनीविरुद्ध टियु मैदानमा २ सय ९७ रन थियो । नेपालका कुशल मल्लले ६४ बलमा ९ चौका र १० छक्कासहित १ सय ८ रनको विष्फोटक शतकीय इनिङ खेले ।

कुशलले ५९ बलमा आफ्नो अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक प्रहार गरेका थिए । उनी नेपालबाट ओडीआईमा सर्वाधिक छिटो शतक हान्ने खेलाडी बनेका छन् । कुशलले कप्तान रोहित पौडेलको कीर्तिमान तोडेका हुन् ।