३० कार्तिक २०८३, सोमबार

नेकपा बहुमतद्वारा उपनिर्वाचन बहिस्कार

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, ८ वैशाख । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतले यहि वैशाख १० गते हुने उपनिर्वाचन बहिस्कार गरेको छ ।

शुक्रबार बहुमतका मधेश ब्युरोका इञ्चार्ज इन्द्रबहादुर परियार ‘नयन’ले एक विज्ञप्ति जारी गर्दै उपनिर्वाचन अवज्ञा गर्न  र गराउन अपिल गरेका छन् ।

उनले यसअघि २०७९ मा भएको स्थानीय र संसदीय निर्वाचनमा जनताले रुचि नदेखाएको टिप्पणी गरेका छन् ।

१० वैशाखमा बारा–२, चितवन–२ र तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन हुँदैछ ।

उपनिर्वाचनको लागि गएराति १२ बजेबाट मौन अवधि सुरु भएको छ ।