
काठमाडौं, ७ चैत । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ ।
बिहीबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
थ्री स्टारको जितमा लाकेन लिम्बुले खेलको १४औं मिनेटमा निर्णायक गोल गरे । खेलको ४८औं मिनेटमा हिमालयनका कप्तान विश्वास श्रेष्ठ पेनाल्टीमा गोल गर्न चुकेका थिए । थ्री स्टारका पिटर सगुनले अबायोमीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि हिमालयनले पेनाल्टीको अवसर पाएको थियो ।
तर, विश्वासले पोस्ट बाहिर प्रहार गरे । जितसंगै थ्री स्टारले १० खेलमा १८ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । हिमालयन ९ अंकका साथ १३ औं स्थानमा रहेको छ ।















प्रतिक्रिया