२९ आश्विन २०८३, बिहिबार

अमेरिकामा अंग्रेजी भन्दा हिन्दी भाषाले छुरा हान्यो !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bijay-Thapaबूढापाका ले भन्थे, संगत अनुसारको फल । नेपालमा हुँदा याद नहुने चिज अमेरिकामा आएपछि हो कि जस्तो भान हुन् थालेको छ । जस्तोसँग संगत गर्यो त्यस्तै हुन पनि सक्छ भन्ने उखान साचो हो कि जस्तो लाग्न थालेको छ ।

राम्रो वातावरणमा घुलमिल छ राम्रो हुने सम्भावना बढी हुन्छ, नराम्रो वातावरणमा पसियो भने त्यस्तै पनि हुन् सक्ने सम्भावना रहन्छ ।

यो उखान हाम्रा बाजे बराजुले त्यतिकै भनेका हैनन् रहेछन भन्ने अहिले यो पंक्तिकारलाई लागेको छ । चोरको बीचमा संगत गरे चोर हुने पनि सम्भावना हुन्छ ,सज्जन संग हेलमेल गरे सज्जन बन्ने पनि सम्भावना हुन्छ, फटाहासंग उठबस गरे फटाहा पनि हुन् सकिन्छ तर व्यक्तिमा भर पर्ने कुरा हुन्छ । विद्वानसंग आउने जाने गरे राम्रा कुरा सिक्ने र त्यस्तै हुने प्रवल सम्भावना पनि हुन् । यसको अलावा अपबाद पनि हुन्छन ।

यो सबै वातावरण तथा व्यक्तिको इच्छामा भर पर्ने कुरा हो । यहाँ भाषाको सन्दर्भमा कुरा कोट्याउन चाहन्छु, पहिला नेपालको सन्दर्भमा विचार पस्कने जमर्को गर्न चाहन्छु । काठमाडौँमा रहेका मारवाडीका समुदायले धेरै नेवारी समुदायसंग घुलमिल गर्ने भएकोले एउटा सामान्य नेपाली भन्दा राम्रो र धारा प्रबाह नेवारी भाषा बोलेको देखिन्छ ।

अमेरिकामा भारतीयहरु पनि हिन्दी बोल्न अधिकांश रुचाउदैनन, र अधिकांशले ढर्रा पनि पार्छन । यो पंक्तिकार नेपालमा कहिले पनि हिन्दी भाषा बोल्न नरुचाउने अमेरिकामा आएर स्पनिस भाषा सिक्न छोडेर हिन्दी भाषा पो फरर बोल्ने थालेकोमा आफै चकित परेको छ ।

यो उदाहरण मात्र प्रस्तुत गरेको हु, अंग्रेजी बोल्नेसंग संगत गर्नुभयो भने अंग्रेजी छुरा हुन्छ अर्थात् अत्यन्तै अंग्रेजी राम्रो बोल्ने भईन्छ । भारतमा बसोबास छ भने हिन्दी राम्रो हुन्छ । जुन समुदाय संग ज्यादा उठबस गरिन्छ त्यो व्यक्तिले अर्को भाषा सिक्ने अवसर पनि पाउछ ।

यो पंक्तिकारलाई हाल ठुलो समस्या बेहर्नु परेको छ । अमेरिका आएर घगडान अंग्रेजी बनाउनु त कता हो कता भारतीयहरुसंग संगत भएकोले हिन्दी भाषा पो धारा प्रभाव बोल्न सक्ने भएको छ ।

भाषा सिक्नु नै ठुलो कुरा हुन्छ, भारतीय भाषा बोल्न न त भाषा कक्षा नै धाउनु पर्यो नत मूद्रा नै कसैलाई दिनु पर्यो । फोकटमा अलकत्रा भने जस्तै हिन्दी भाषा पो छुरा भयो । अंग्रेजी भाषा त पोलेर खाइन्छ कि भन्ने त्रास भै रहेको छ ।

अमेरिकामा भारतीयहरु पनि हिन्दी बोल्न अधिकांश रुचाउदैनन, र अधिकांशले ढर्रा पनि पार्छन । यो पंक्तिकार नेपालमा कहिले पनि हिन्दी भाषा बोल्न नरुचाउने अमेरिकामा आएर स्पनिस भाषा सिक्न छोडेर हिन्दी भाषा पो फरर बोल्ने थालेकोमा आफै चकित परेको छ ।

हिन्दी भाषा पनि अब त अन्तरराष्ट्रिय नै जस्तो भै सकेको सन्दर्भमा हिन्दी सिक्नुलाई ठुलो कुरा मानिन्छ किनभने जागिरमा हिन्दी भाषा पनि जान्दछु भने जागिरमा बहु भाषाको ज्ञाता रहेछ भन्ने रोजगारी दिने प्रतिष्ठानहरुलाई भान पर्दछ ।

म हिन्दी भाषाको कट्टर बिरोधी हैन । पंक्तिकार नेपालमा छदा सयौ भारतीयहरुलाई नेपाली सिकाउन सफल भएको नेपाल छोडेर अमेरिका आएपछि ठिक बिपरित भारतीयले हिन्दी भाषामा उत्कृष्ट पो बनाई दिए ।

पंक्तिकारले नेपालमा कहिले हिन्दी बोलेन, कारण भारतीयहरुसंग हिन्दी बोली दिए भने उनीहरुले नेपाली भाषा सिक्न पाउने छैनन । उनीहरुले ठुलो अवसर गुमाउने छन् भनि भारतीयहरुले हिन्दी बोले पनि अंग्रेजीमा जवाफ फर्काउने अभियान रहेकोले हिन्दी एक प्रकार मेरो तर्फबाट प्रतिबन्धित झैँ थियो ।

अर्को कारण २० बर्षदेखि नेपाली मुलका मानिससंग नेपाली भाषा मात्र बोल्ने अभियान भएकोले नेपालमा काम गर्ने या कुनै कारण नेपाल अस्थाई बसोबास गरेका भारतीय संग हिन्दी भाषामा कहिले बोलचाल भएन ।

नेपाल, अमेरिका तथा बिश्वमा यत्र तत्र छरिएर बसोबास गर्ने नेपालीहरु आस्चर्य हुनु स्वाभाविक हुन्छ । अमेरिकामा बसेर अंग्रेजीमा अबिश्राम तथा भटट विचार पस्कनु पर्नेमा, भारतीय संगको संगतमा परेर हिन्दी भाषा फरर्र ।

भारतीय संग हिन्दीमा कुरा गर्न अप्ठारो मान्ने यो पंक्तिकार आज हिन्दी भाषा बोल्न नहिचकिचाउने भएको छ त्यसको कारण पंक्तिकारको संगत भारतीयसंग छ । आफुसँगै काम गर्ने दिल्ली घर बताउने हिन्दी भाषी मित्र बनेका छन् ।

बिहान ८ बजे देखि साँझ ५ वजे सम्म भारतीय मित्रसंग हिन्दी भाषामा दोहोरी चल्छ । बिचार बिमर्श हिन्दी भाषामा हुन्छ । हिन्दी भाषामा कुराकानी हुन्छ । विचार आदान प्रदान पनि हिन्दी मै हुन्छ । त्यसो त उनलाई पंक्तिकारले पनि नेपाली सिकाउँदै पनि छ ।

३ सय ६५ दिनमा छुट्टी काटेर, बिदा र भै परि आउने सार्बजनिक बिदा बाहेक सदैब हिन्दी मै ट्वार ट्वार गर्ने भएकोले अमेरिकामा पनि अंग्रेजी भाषा भन्दा हिन्दी भाषामा धारा प्रबाह बोल्न जान्ने पो भईएछ ।

त्यसो त अंग्रेजीमा दोहोरि नचल्ने होइन, अंग्रेजीमा पनि वार्तालाव नहुने भन्ने चै हैन । तर अधिकांश हिन्दी भाषा मै दिन बित्ने भएकोले पंक्तिकारको हिन्दी भाषामा राम्रो दखल नभए यहाँहरुको हुने त प्रश्न नै रहेन ?

खैर, जस्तो संगत त्यस्तै फल र त्यहि हुने रहेछ भन्ने अहिले आएर झल्यास भएको छु । म त यस्तै छु । भाषा सिक्नु नराम्रो हैन । सिक्ने मौका पाए । यसलाई अवसर ठानेको छु । पंक्तिकारले जे गरे पनि यहि सिको यहाँहरुले लिनु हुने छैन भन्ने विश्वास लिएको छु ।

……………………………………………………………… अस्तु