२९ आश्विन २०८३, बिहिबार

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक, कारोबार रकम पनि एक अर्ब भन्दा कम

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ वैशाख । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ७३ अङ्कले ओरालो लागेर एक हजार नौ सय चार दशमलव ४० मा सीमित भएको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७९ अङ्कले ओरालो लागेर तीन सय ६३ दशमलव १२ मा सीमित भएको छ । कारोबार भएका कुल १३ उपसमूह शेयर मूल्यमा गिरावट आएको छ ।

बुधबार वृद्धि आज कायम हुन नसक्दा कारोबार रकममा पनि कुनै वृद्धि भएन । कुल ३२ लाख नौ हजार दुई सय १४ कित्ता शेयर रु ९८ करोड ३३ लाख ६७ हजार तीन सय ११ मूल्यमा खरिद बिक्री भएका छन् ।