
काठमाडौं, ७ वैशाख । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोले लागू औषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ गरेको छ ।
आज बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै व्युरोले लागू औषध कोकिन १ केजी ८० ग्रामसहित भारतीय नागरिक रवीन्द्र कुमार र केन्याका नागरिक पिलिसिया वाञ्जालाई पक्राउ गरेको जनाएको हो ।
काठमाडौं वडा नम्बर १७ मा रहेको एक होटेलमा रहेका भारतीय नागरिकको साथमा रहेको कालो रङको कपडाको झोलाभित्र लागू औषध कोकिन फेला परेको र घटनाको थप अनुसन्धान गर्दा इथोपियाबाट काठमाडौंसम्म ल्याई भारतीय नागरिकलाई कोकिन दिने केन्याका नागरिकलाई एक हजार अमेरिकी डलरसहित अर्को होटेलबाट पक्राउ गरिएको व्युरोका प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।
बरामद लागु औषध कोकिनको अन्दाजी अवैध बजार मूल्य दुई करोड तेत्तिस लाख रहेको उनले बताए ।
काठमाडौं जिल्ला अदालतबाट लागू औषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भईरहेको व्युरोले जनाएको छ ।















प्रतिक्रिया