
काठमाडौं, ७ वैशाख । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्म ४ अर्ब एक करोड ४९ लाख रुपैयाँ खद नाफा कमाएको छ ।
बैंकले बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा ११.३८ प्रतिशतले नाफा बढेको हो ।
बैंकले गत आर्थिक वर्षको सोही अवधिमा तीन अर्ब ६० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेकाले एनआईसी एशियाको खुद नाफा बढेको हो । तेस्रो त्रैमाससम्म बैंकको खुद ब्याज आम्दानी ११.६१ प्रतिशत, कुल सञ्चालन आम्दानी १४.२७ प्रतिशत र सञ्चालन मुनाफा १३.१० प्रतिशतले बढेको छ ।
बैंकको वितरण योग्य मुनाफा तीन अर्ब दुई करोड ३१ लाख रुपैयाँ रहेको छ भने बैंकको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ३५ पैसा बढेर ४६ रुपियाँ २९ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १५.४४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४८ रुपियाँ ८८ पैसा रहेको बैंकले जनाएको छ ।















प्रतिक्रिया